(उपप्राध्यापक, लेखक, पत्रकार, समाजसेवी विष्णु खड्काले २०७६ सालमा भाेगेका र अनुभव गरेका दिनहरुलाई शब्द र तस्वीरमा उतार्नु भएकाे छ । हामीले उहाँका अनुभवहरुलाई उहाँकै शब्दमार्फत पाठक समक्ष पुर्याउने प्रयास गरेका छाै । उहाँका अनुभुतिहरु आजदेखि दैनिक बिहान ८ बजे प्रकाशन हुनेछ ।)
समय सबैको उही हो l उस्तै हो l आउने उसरी नै हो l जाने उसरी नै हो l समयका मिलि सेकेन्डहरू रफ्तारमा आफ्नै गतिमा अनवरत हुइकिन्छन बिना ब्रेकको गाडी जस्तै l मेरा लागि २०७६ सालका समयका मिलिसेकेण्डहरू उसरी नै आए जसरी अरु सबैका निम्ति आए l तिनी मिलि सेकेन्डहरू सेकेन्ड, मिनेट, घण्टा, दिन,हप्ता, महिना, ऋतु हुदै एक बर्षको एक गोलचक्कर पुरा गरेर अर्को बर्षको नयाँ यात्रा तय गरिसकेका छन् l हामी नयाँ बर्ष २०७७ को नयाँ विहानी प्रतीक्षा गर्दै शुभकामना आदानप्रदान गर्दै त्यो नयाँ यात्राको तयारी गरिसकेका छौ l म पनि त्यसरी नै नयाँ बर्षको नयाँ गोलचक्कर पर्खिरहेछु l नयाँ बर्षको शुभकामनासंगै पुरानो बर्षको संक्षिप्त समिक्षासहितको अभिलेखीकरण गर्ने सोच बनाएर यो जमर्को गरिरहेछु l
बि.स. २०७६ साल मेरो निजि जीवन, पेसागत जीवन र पारिवारिक जीवन सन्तोषजनक र उपलब्धिमूलक बन्यो l यो बर्ष बिगत ५ बर्ष यतादेखिकै निरन्तरता जस्तै भएछ l आफ्नो व्यक्तिगत र पारिवारिक जीवन भन्दा पनि जिजिविषासंग जोडिएको जिम्मेवारीको जीवनमा अत्याधिक समय र उर्जा लगानी भएछ भन्ने अनुभूति भयो l मेरो करियर, व्यक्तिगत र पारिवारिक जीवनलाई मैले छुट्याएको समय अति नै न्यून रहेछ भन्ने समेत बोध भयो l आगामी वर्षमा यो सन्तुलन मिलाउने प्रयत्न गर्नेछु भन्ने सोच बनाएको छु l यो बर्ष मैले मेरो साहित्यप्रतिको अनुरागलाई पनि प्रष्फुटन गराउने जमर्को गरे l झन्डै ५० वटा गजल, १५ वटा कविता र केहि शैक्षिक प्राज्ञिक लेखन कार्यलाई पनि निरन्तरता दिए l यो साहित्य यात्रामा होमिदा मलाई फेसे र अनलाइन मार्फत प्राप्त उर्जाले यो कार्य पनि मैले निरन्तरता दिनुपर्ने योजना बनाए l कर्णाली साहित्य समाजको सदस्य समेत बन्न योग्य ठहरिए l बि.स. २०७६ सालका मेरो फेसे डायरीमा सुरक्षित केहि महत्त्वपूर्ण दैनिकहरूलाई एकीकृत गरेर फेरी यहि फेसेमा नै सुरक्षित गर्दै पारदर्शी रूपमा सबैको सामु सार्वजनिक गर्दैछु l यसलाई अन्यथा नबुझिदिन हुन समेत अनुरोध गर्दछु र मिति सहित २०७६ सालका म संग जोडिएका केहि गतिबिधिहरू यस प्रकार रहेका व्यहोरा अनुरोध गर्दछु :

- मिति २०७६ बैशाख १ गते २०७६ सालको सुरूवात काठमाडौंमा Nepali Emerging Leaders Program 2019 को दोस्रो सत्रमा सहभागी हुन काठमाडौंमा सुरु भएको थियो l बिहान नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालमा प्रहरी प्रबक्ता लगायतका सिनियर अफिसरहरुले सुरक्षाका बिबिध पक्षमा नेतृत्व विकाससम्बन्धि तालिम प्राप्त भयो l दिउसो सर्वोच्च अदालत सिंहदरबारमा प्रधानन्यायाधीशको फुल बेन्चको बहस स्थलगत अवलोकन र नेपाल टेलिभिजनको स्टुडियोको स्थलगत अवलोकन भ्रमण गर्ने अवसर प्राप्त भयो भने साँझ होटेल योयो मा सबै Nepali Emerging Leaders Program 2019 का सबै सहभागीहरू नाचागान गरी रमाइलो गरियो l
- मिति २०७६ बैशाख २ गते Nepali Emerging Leaders Program 2019 को दोस्रो सत्र सम्पन्न भएर काठमाडौंबाट सुर्खेत फिर्ता l
- मिति २०७६ बैशाख ६ गते बिहान संघर्षशिल एवम बौद्धिक व्यक्तिव लेखनाथ न्यौपानेको कृतित्व (संघर्षको इतिहास नामक पुस्तक) माथि छलफल र टिप्पणी गर्ने र कर्णाली प्रादेशिक पुस्तकालय स्थापनार्थ रूपान्तरण नेपालद्वारा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको सहयोगमा प्रदेश राजधानी सुर्खेतमा आयोजित कार्यक्रमको उद्घोषण l
- मिति २०७६ जेठ ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाद्वारा अमेरिकन एम्बेसी नेपालद्वारा विश्वविद्यालय र नेल्टा सुर्खेतको लागि पठाएको English Language Fellow David Arnold लाई मायाको चिनो सहित बिदाइ l

- मिति २०७६जेठ ३२ गते कर्णाली प्रदेशमा प्रादेशिक विश्वविद्यालय र प्रतिष्ठानको सम्भाव्यता अध्ययनको मस्यौदा तयार गरि ७५ भन्दा बढी सरोकारवालाहरुको उपस्थितिमा घनिभुत छलफल गरि कर्णाली बहुप्राविधिक विश्वविद्यालय स्थापनाका लागि भिजन पेपर प्रस्तुत गर्दै कर्णाली प्रदेश सभाका माननीय संसद अमरबहादुर थापा, धर्मराज रेग्मी, पदमा खड्का, संविधान सभा सदस्य नर बहादुर बिस्ट लगायत राजनीतिक दलका अग्रज नेताज्युहरु, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकज्युहरु, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, नागरिक समाज, विद्यार्थी नेताहरु, पत्रकार आदिको बिचार लिने काम भयो l
- मिति २०७६ असार ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ९ औ वार्षिक उत्सब विविध कार्यक्रम सहित उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाज्युको अध्यक्षतामा र कर्णाली प्रदेशका प्रदेश प्रमुखज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो l उक्त कार्यक्रमको संचालन गर्ने अवसर प्राप्त भएको थियो तर कार्यक्रममा टी सर्ट काण्डको दृश्य भने अर्थपूर्ण र रहस्यमय रूपमा सधै भरिको लागि स्मरणीय रह्यो l
- मिति २०७६ असार ४ गते इटालीको युनिभर्सिटी अफ टुसियाको निमन्त्रामा सहभागी हुन काठमाडौं आएर इटालीको भ्रमणमा गइयो l त्यहाँ रहँदाका समयमा डायरी लेखन र सिर्जनात्मक कार्यहरू पनि भए जसलाई यस प्रकार साभार गरेको छु :
बाँकी क्रमश :
प्रतिक्रिया
सम्बन्धित खवर
४ हप्ता अगाडि
४ महिना अगाडि
५ महिना अगाडि
१२ महिना अगाडि
१ बर्ष अगाडि
१ बर्ष अगाडि