ट्रेण्डिङ

होमपेज / विचार

विपत्तिमा सामााजिक अगुवा र जनप्रतिनिधिहरुको न्यूनतम दायित्व

नेपालगाथा २०७६ चैत्र १९ गते बुधबार १०:५०:३६ मा प्रकाशित

जनप्रतिनिधि ! सामान्यतया जनताको तर्फबाट प्रतिनिधित्व गर्ने (जनताको वारेस) लाई जनप्रतिनिधि भनेर बुझिन्छ । वारेस तथा प्रतिनिधिले केवल जनताको पक्षमा मात्र निर्णय गर्ने कार्यकारी अधिकार राख्दछ । जनताको पक्षमा काम गर्नका लागि नियुक्त (निर्वाचित) हुन चाहेका धेरै उम्मेदवारहरु मध्यबाट एक जना विश्वासिलो र सक्षम वारेस छनौट गरी जनताले जस्लाई पठाउँछन् ऊ नै जनप्रतिनिधि हो । 
निर्वाचित हुनुपूर्व जनप्रतिनिधिले म तपाईहरुले विश्वास गर्न योग्य छु, तपाईले दिएका आदेश अक्षरस पालना गर्नेछु । तपाईहरुमाथि आईलाग्ने हर समस्याको सामना गर्न म सक्षम छु भन्ने प्रतिवद्धताका साथ विश्वासको अधिक मत लिएर जनप्रतिनिधिको सम्मानित दर्जा प्राप्त गर्दछ ।  यो सौभाग्य सबैले चाहँदैमा पाउँदैन । एक युगमा आउने एक दिनले यस्ता व्यक्तिहरु जन्माएको हुन्छ । 
वास्तवमा राजनीतिकलाइनबाट समाज सेवा गर्नेहरु अझ संसदीय व्यवस्थामा प्रवेश गरी निर्वाचित हुने असल जनप्रनिनिधिको विल्कुलै निर्जीवन भएकै सरह मान्दा हुन्छ । अर्थात् उसको निजी काम, निजी स्वभाव तथा निजी जीवनका कारण जनताको काममा कुनै असर पर्नुहुँदैन । समाजमा सहयोगी भावना सबैको हुन्छ सामाजिक काममा सरिक सबै भएका हुन्छन् तथापि आधिकारिक ढंगबाटै सरकार र जनताबीच समन्वय गरी कार्य गर्न सबै समाजसेवीकै बीचबाट अझ अव्बल व्यक्ति छनौट गरिएको हुन्छ । अव्बलको अर्थ सर्वज्ञाता सर्वगुण सम्पन्न हुनुपर्छ भन्ने छैन र हँुदैन पनि तथापि सर्वेसर्वा कामको अगुवाई उसले गर्नुपर्छ । जनताले सबै समस्याको समाधान जनप्रतिनिधिबाट खोजेका हुन्छन् । यहाँनिर आफ्नो विषयगत ज्ञान र साधनस्रोत अभावका वावजुद पनि उचित समयमा उचित निर्णय लिने सामथ्र्य भएको र सबै पक्षको कुशल व्यवस्थापन गर्नसक्ने व्यक्ति नै अहिलेको परिवेसमा असल नेता तथा सफल जनप्रतिनिधि हो । 
अहिले कोरोना भाईरसको महामारीले समाज प्रताडित भएको छ । यो महामारी खासगरी चिन, युरोप र अमेरिका लगायतका देशहरुको तुलनामा दक्षिण पूर्वी एशियाका देशमा निकै कम असर हो र अझ हाम्रो देशको हकमा वास्तविक असरभन्दा बढी त्रास हो । भनिन्छ, संसारका करिव ९० प्रतिशत सर्पको विष लाग्दैन, यी केवल वातावरणीय सन्तुलनका लागि मात्र जिवित हुन्छन् । सर्पदंशको कारण मर्ने अधिकांश मानिस  विष लागेरभन्दा पनि डरको कारण आफ्नो सन्तुलन गुमाएर मृत्यु हुने गर्दछ । आज कोरानाको असर पनि शरीरमा भन्दा दिमागमा बढी परेको कारण सबै शरीर लुलो हुने अवस्थामा पुगेको छ । यस अवस्थाबाट समाजलाई हौसला दिएर आत्मबल बढाउने काम समाजसेवी र अगुवाहरुको हो भने आवश्यक भौतिक सामग्री, जनशक्ति र उपलव्ध सबैपक्ष, साधनस्रोतको उचित संयोजन एवं व्यवस्थापन र परिचालन गर्ने जिम्मेवारी जनप्रतिनिधिहरुको हो । 
अगुवा, जनप्रतिनिधिहरुले आफ्नो कार्य कौशलता तथा क्षमता प्रदर्शन गर्ने यो उचित अवसर पनि हो । जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुको जिम्मेवारी हाम्रो देशको व्यवस्थापकीय ढाँचा अनुसार दुई प्रकारको ढाँचामा विभाजित छन् । एउटा कार्यपालिका तर्फको जिम्मेवारीमा वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । अर्को व्यवस्थापकीय संसद (नीति निर्माण) तर्फको जिम्मेवारीमा खास गरी प्रदेशसभाका माननीय सभासद् र संघीय सांसद राष्ट्रियसभा र प्रतिनिधिसभाका माननीय सांसदहरु । अहिलेको परिस्थितिको सामना गर्ने मुख्य काम कार्यपालिका तर्फको जिम्मेवारी पाउने जन प्रतिनिधिहरुको हो । अर्थात् खास गरी वडा अध्यक्ष, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रदेश सरकार र केन्द्र सरकारको हो । अहिले आआफ्नो भौगोलिक कार्य क्षेत्र, विभाजित विषयगत कार्यक्षेत्र भित्र रहेर जनप्रतिनिधिहरुले प्रभावकारी ढंगले काम गर्न जरुरी छ ।

अहिलेको अवस्थामा न्यूनतम पनि स्थानीय तहका जनप्रतिनिधिले निम्न कार्यहरुको व्यवस्थापन गर्न सकेमात्र पनि समाजलाई यो संकटबाट मुक्त गर्न धेरै हदसम्म सहयोग र सफलता मिल्छ कि भन्ने लागेर यहाँहरु समक्ष पस्केको छु । 
१.    आ–आफ्नो क्षेत्रका सबै व्यक्ति र घरधुरीलाई आफ्नो घरभित्रै बस्न तथा सरकारको अनुरोध निर्देशन पालना गर्न प्रेरित गर्ने । 
२.     दीर्घ रोगी तथा घातक रोग लागेका व्यक्ति, बालक, वृद्ध, गर्भवतीको लगत लिई पूर्व तयारी गर्ने । अनिवार्य औषधिको तथा स्वास्थ्य सामग्रीको मौज्दात दुरुस्त राख्ने । 
३.    मेडिकल, स्वास्थ्यकर्मी, वैद्य, एम्बुलेन्स वा सवारी साधन, विषयगत विज्ञ तथा जानकार, मनोविद्, स्वयम्सेवक, निवृत्त सुरक्षाकर्मी सञ्चारकर्मी आदिको लगत राखी आवश्यक पर्दा परिचालन गर्ने । 
४.    खाद्यान्नको मौज्दात, करेसाबारी वा तरकारी दूध उत्पादनको अवस्था, पसल, व्यवसायीको विवरण संकलन गरी आवश्यक्तानुसार होम डेलिभरी युनिट, आपतकालिन सेवा जस्ता निर्माण गरी तम्तयार राख्ने । 
५.    आफ्नो क्षेत्रबाहिरबाट प्रवेश गरेका खास गरी विदेशबाट आएकाको तथ्याङ्क राख्ने, सबै जतताको नियमित रिर्पोट लिने डेस्क तयार गर्ने र माथिल्लो निकायसँग समन्वय गर्ने । 
६.    आफनो क्षेत्रभित्ररहेका स्वास्थ्य, सुरक्षा, शिक्षा, लगायत सरकारी निकायलाई आवश्यक्तानुसार सुरक्षित ढंगले परिचालन गर्ने गराउने । 
७.    हरेक टोल वा साविकको वडाको आधारमा युनिट तयार गरी संयोजक बनाई सबै जानकारी फोनबाट वा सामाजिक सञ्जालमा समूह निर्माण गरी नियमितरुपमा जनप्रतिनिधिले विवरण आदान प्रदान वा संकलन गर्ने गराउने  । 
८.    सबैलाई शाहाकारी खानपान, नियमित सामान्य व्यायाम तथा योग, आधारभूत घरेलु उपचार विधि, तनावरहित दैनिकी, पारिवारिक मेलमिलाप तथा सौहार्दता, खुशीयाली वातावरण, अध्ययन, उपयुक्त विषयमा पारिवारिक छलफल बाल, बृद्धहरुको रेखदेख गर्न प्रेरित गर्ने । ९.    खत्तम भो वर्वाद भो, घाटा भयो, अव सकिने भयो, किन दुःख गर्ने, के रहेछ र जिन्दगीजस्ता भय डर, निराशा आदि नजगाउने नसुनाउने सृष्टिमा आएका विनाश र महामारीको इतिहास बुझेर स्वभाविक रुपमा लिन र डटेर सामना गर्न प्रेरित गर्ने ।
१०.     अहिले कोही कसैको पनि नकारात्मक टिप्पणी, रिस, इस्र्या, ईगो, द्वेष, कुण्ठा, वदला, सिकायतजस्ता नकारात्मक भावनाको विकास कसैमा पनि हुन नदिन प्रयास गर्ने । नकारात्मक र निराशावादी भन्दा सकारात्मक र आशावादी भएर दैनिक जीवन यापन गर्ने । 

यी यावत विषयहरु आधारभूत जीवनयापनका विषयहरु हुन् । यहाँ जनप्रतिनिधिलाई आधार बनाएर लेखिए पनि हामी सबैले पालना गर्नपर्ने विषय हुन् । सबैको व्यवसाय छ रोजगार छ जिम्मेवारी छ । सबै तहका सरकारले गरेका कामप्रति प्रतिक्रिया दिन मन लाग्छ यी सबै जानकारीमा रेर्कडमा राखांै परिस्थिति सामान्य भएपछि मूल्यांकनको विषय बनाउला अपराधिक कार्य गर्नेलाई दण्डित पनि गरांैला । तर यो समय भएन भएका विषय उछाल्ने सामाजिक सञ्जालमा अफवाह फैलाएर संवेदनशील अवस्थामा रहेको समाज र परिस्थितिलाई निराश र भड्किलो अनी उत्तेजित बनाउने समय होइन । मावन समाजको अस्थित्वमाथि नै चुनौति आएको र जनताले सरकारको आदेश मानेर घर भित्र वन्धक बसेको अवस्थामा देश र जनताका लागि क्षति हुने कार्य अर्थात् लोभ, मोह, घमण्ड, दम्व, शक्तिको दुरुपयोग गर्ने जस्तो अपराधिक कार्य कहीँ कतैबाट साँच्चिकै भएको भए त्यो देश द्रोही हो र यो समाजको कोरोनाभन्दा ठूलो भाईरस हो । जनता होम क्वारेन्टाइनबाट निस्कना साथ उसको पतन तथा अवशान पक्का छ । कृपया धैर्य गरौ अहिले सबै तहका सरकारलाई काम गरेर देखाउने अवसर प्रदान गरौं ।
धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top