होमपेज / अर्थ
काठमाडौं । सरकारी स्वामित्वका तीन वटै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीहरूले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुधबार नै राजीनामा बुझाएका छन् ।
नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १५९४ जनालाई अध्यादेश नै ल्याएर पद मुक्त गरेको थियो । तर, त्यसमा सरकारी बैंकका पदाधिकारीहरू भने परेका थिएनन् ।