ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८३ बैशाख ६ गते आइतबार १५:०४:४३ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(आईतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १२ सय रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top