ट्रेण्डिङ

होमपेज / अर्थ

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा भारी वृद्धि

नेपालगाथा २०८३ बैशाख ३ गते बिहीबार १०:२३:१९ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । निगमका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यद्यपि, पेट्रोलको मूल्य भने हाललाई यथावत् राखिएको निगमले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ रहेकाे छ । निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि डिजेलमा प्रतिलिटर ९.१६ रुपैयाँ घाटा नै रहने देखिन्छ ।

विगत १५ दिनमा मात्रै निगमलाई करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा भएको र अहिलेको समायोजनपछि पनि पाक्षिक रूपमा ५ अर्ब ७५ करोड घाटा हुने अनुमान गरिएको छ ।

निगमले उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top