ट्रेण्डिङ

होमपेज / अर्थ

खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि

नेपालगाथा २०८२ चैत्र २७ गते शुक्रबार ०८:३७:१९ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको हो । खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार अब १४.२ केजी ग्यास प्रतिलिसिलिण्डरको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ । 

निगमका अनुसार, पेट्रोल पहिलो वर्गको २१६.५० पैसा, दोस्रो वर्गको २१८ र तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गको २०४.५० रुपैयाँ, दोस्रोको २०६ र तेस्रोको २०७ रुपैयाँ प्रतिलिटिर पुगेको छ ।

हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँले बढेको निगमले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top