होमपेज / अर्थ
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले वृद्धि गरेको हो । प्रतिलिटर १२७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर दुई सय ५१ रुपैयाँ पुगेको छ ।
यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८१९ अमेरिकी डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ । काठमाडौंमा प्रतिलिकिलोटर ९६६ अमेरिकी डलर रहेकोमा वृद्धिपछि अब १७८५ डलर पुगेको छ ।
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले बताएको छ ।
