ट्रेण्डिङ

होमपेज / अर्थ

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच सहकार्य सम्झौता

नेपालगाथा २०८२ चैत्र २ गते सोमबार १९:१८:५३ मा प्रकाशित

काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले समेतको उपस्थितिमा आज(सोमबार) भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा. राजीव श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ ।

कोष ऐन अनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्ने लगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ । विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्ने भएकाे छ ।

त्यसैगरी, विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा पनि उल्लेख रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top