ट्रेण्डिङ

होमपेज / अर्थ

दुई हजारले बढ्यो सुनको मूल्य

नेपालगाथा २०८२ फाल्गुण २७ गते बुधबार १०:५४:२९ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो । सुन आज प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबा भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेकाे छ । मंगलबार पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top