होमपेज / अर्थ
काठमाडौँ । स्थानीय बजारमा आज(साेमबार) सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।
आईतबार सुन प्रतितोला रू तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर रू तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । त्यस्तै, चाँदी आइतबार प्रतितोला रू पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला रू छ हजार २० मा खरिदबिक्री हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।