होमपेज / अर्थ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र डिजल तथा मट्टितेलमा ४.६६ रुपैयाँले बढेर आएको जानकारी दिएको छ । पेट्रोलको मूल्य भने यथावत रहेकाे छ । त्यस्तै, निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ रुपैयाँ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटरमा ७ अमेरिकी डलर घटाएको छ ।
त्यस्तै, ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको निगमको सूचनामा उल्लेख रहेकाे छ ।
