ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मूल्य हालसम्मकै उच्च

नेपालगाथा २०८२ माघ ११ गते आइतबार ११:३०:५१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(आईतबार) सुनचाँदीको मूल्य बढेको छ । आज सुन २ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले बताएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top