ट्रेण्डिङ

होमपेज / अर्थ

सरकारको पुनर्निर्माण कोषमा मेटलाइफ नेपालले गर्‍यो सहयोग

नेपालगाथा २०८२ पौष १८ गते शुक्रबार १०:३९:१५ मा प्रकाशित

काठमाडौं । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । देशको भौतिक संरचनाहरूको पुनर्निर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top