होमपेज / अर्थ
काठमाडौं । आज(मंगलबार) सुनको मूल्य झण्डै आठ हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ७ हजार ९ सयले घटेको हो । सुन आज तोलामा २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।