होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर तोलामा ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।