ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८२ मंसिर २५ गते बिहीबार १२:४८:४२ मा प्रकाशित

काठमाडौं । बुधबारको तुलनामा आज(बिहीबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ रुपैयाँ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top