ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपालगाथा २०८२ कार्तिक २० गते बिहीबार १२:३७:२१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा (आज)बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top