होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा (आज)सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।