होमपेज / अर्थ
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर दुई हजार ९२० रुपैयाँ कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।