ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा वृद्धि

नेपालगाथा २०८२ भाद्र १८ गते बुधबार ११:४१:०१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top