ट्रेण्डिङ

होमपेज / अर्थ

डिजेलको मूल्य घट्यो

नेपालगाथा २०८२ भाद्र १५ गते आइतबार २२:५१:२० मा प्रकाशित

काठमाडाैं | नेपाल आयल निगमकाे सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । आजै मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । 

नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँमा डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top