ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा वृद्धि

नेपालगाथा २०८२ भाद्र १३ गते शुक्रबार ११:१८:४७ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा एक हजार २०० रुपैयाँले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो बिहीबार एक तोला सुन एक लाख ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top