ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा वृद्धि

नेपालगाथा २०८२ भाद्र ११ गते बुधबार १२:१५:१२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top