ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपालगाथा २०८२ भाद्र ६ गते शुक्रबार ११:२०:२८ मा प्रकाशित

काठमाडौं । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँमा निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top