ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

कतिमा कारोबार भइरहेको छ ?

नेपालगाथा २०८२ श्रावण २७ गते मंगलबार १३:५६:४८ मा प्रकाशित

काठमाडौं । गत शुक्रबारदेखि निरन्तर बढ्दै गरेकाे सुनको मूल्यमा आज केही गिरावट आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो ।

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top