होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियाे र छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।