ट्रेण्डिङ

होमपेज / अर्थ

सुन र चाँदीकाे मूल्यमा वृद्धि

नेपालगाथा २०८२ श्रावण ६ गते मंगलबार ११:४७:०३ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदी प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top