ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोल पदार्थको मुल्य वृद्धि

नेपालगाथा २०८२ असार १७ गते मंगलबार १०:२१:४३ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ । इण्डियन आयल निगमले पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top