ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्यो

नेपालगाथा २०८२ असार १२ गते बिहीबार ११:४०:२८ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top