ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्य घट्यो

नेपालगाथा २०८२ असार ३ गते मंगलबार ११:५३:४८ मा प्रकाशित

काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ। हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँमा कायम भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top