ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर

नेपालगाथा २०८२ जेठ २२ गते बिहीबार ११:१३:४६ मा प्रकाशित

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छ भने चाँदीको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top