ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८२ जेठ १८ गते आइतबार ११:२७:०५ मा प्रकाशित

काठमाडौं। साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।

शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोवार भैइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top