होमपेज / अर्थ
काठमाडौं। सुनको मूल्यमा केही घटेको छ भने चाँदीको भाउ बढेको छ। मंगलबार सुन तोलामा रु एक हजार ६०० ले घटेको छ। सोही परिमाणको चाँदी रु १० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु दुई हजार पाँच निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३२६ अमेरिकी डलर बराबर काे कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।