ट्रेण्डिङ

होमपेज / अर्थ

नवनियुक्त गभर्नर डा. पौडेलद्वारा पदभार ग्रहण

नेपालगाथा २०८२ जेठ ७ गते बुधबार १४:५५:५२ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् । बालुवाटारस्थित बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अवलम्बन गर्ने गभर्नर डा. पौडेलले बताए । त्यस्तै, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ ।

डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । त्यसलगत्तै उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top