होमपेज / अर्थ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य लिटरमा २, डिजल र मट्टितेलको मूल्य लिटरमा तीन रूपैयाँले बढाएको हो । अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य बढाइएको निगमले जनाएको हो ।
बढेको मूल्य हिजाे राति १२ बजेदेखि लागू हुने छ ।
.jpg)