ट्रेण्डिङ

होमपेज / अर्थ

आजकाे विदेशी मुद्राको विनिमय दर

नेपालगाथा २०८१ पौष २० गते शनिबार ०८:०२:४८ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय रुपियाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top