ट्रेण्डिङ

होमपेज / अर्थ

कर्णाली प्रदेशका विद्यार्थीहरुलाई महालक्ष्मी विकास बैंककाे छात्रवृत्ति

नेपालगाथा २०८१ पौष १६ गते मंगलबार १९:४०:२४ मा प्रकाशित

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकाे छ । बै‌कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप कार्यक्रमहरु सम्पन्न गरेको हाे ।

सोही अन्तर्गत बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरी काठमाण्डौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा छात्रवृत्ति वितरण गरिएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यत्रमकाबीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको हो । यस किसिमको सहयोगबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहानामा गतिशिलता प्रदान गर्न केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” संचालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top