ट्रेण्डिङ

होमपेज / अर्थ

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. बसौलाको कार्यकाल पूरा

बीमा बोर्ड नेतृत्वविहिन

नेपालगाथा २०८१ कार्तिक २६ गते सोमबार १४:१४:२५ मा प्रकाशित

काठमाडौं। स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको छ । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजीनमा अहिलेसम्म स्वीकृत भएको छैन ।

बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भए पनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था गरेको छैन । बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखाका कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार दुवै पदमा पार्टीगत भागबन्डाको आधारमा नियुक्ति गर्ने तयारी चलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिहेको बताएका छन् । उनले स्वास्थ्य बीमाको दायारा पाँच लाख पुयाउने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top