ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालगाथा २०८१ कार्तिक १३ गते मंगलबार १३:५३:३० मा प्रकाशित

काठमाडौं । सुनको मूल्यमा अहिलेसम्म कै उच्च वृद्धि भएको छ । सुनकाे मूल्यमा आज १ हजार ५ सयले वृद्धि भएर प्रतितोला १ लाख ६८ हजार ५ सय पुगेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

हिजो १ लाख ६७ हजार रुपैयाँ तोलामा सुन कारोबार भएको थियो । हिजो ४ सय रुपैयाँ तोलामा मूल्य घटेको थियो । चाँदीको मूल्य भने २ हजार १ सय ५ रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य आज प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top