ट्रेण्डिङ

होमपेज / अर्थ

आजदेखि बैंकहरूकाे नयाँ ब्याजदर

नेपालगाथा २०८१ कार्तिक १ गते बिहीबार ०९:२०:५६ मा प्रकाशित

काठमाडाैं । कात्तिक महिनाका लागि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसतमा ६.१८ प्रतिशतमा झरेको छ ।

असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो । जुन कात्तिक महिनामा ०.१९ प्रतिशतले घटेको छ ।

कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top