होमपेज / अर्थ
काठमाडाैं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४ रुपैयाँ मूल्य वृद्धि भएकाे छ ।
नयाँ मूल्य अनुसार काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ । भारतबाटै मूल्य बढेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।