होमपेज / अर्थ
सुर्खेत । कर्णाली प्रदेश योजनाआयोगका उपाध्यक्ष सूर्यनाथ योगीले जब कर्मचारीलाई अप्ठ्यारो पर्छ त्यो अप्ठ्यारो टार्ने काममा संचय कोष एउटा महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ ।
कर्मचारी संचय कोष शाखा कार्यालय सुर्खेतले आयोजना गरेको कर्मचारी संचय कोषको ६३ औँ वार्षिकोत्सवमा शुभकामना मन्तब्य राख्दै उपाध्यक्ष योगीले संचय कोष सरकारी र निजी क्षेत्रका लागि समेत भरपर्दो र विश्वासिलो कार्यालय भएको बताउनुभयो ।
प्रदेश योजना आयोग कुरा भन्दा पनि परिणाम देखाउने गरी काममा लागि रहेको बताउनु भयो उपाध्यक्ष योगीले अब कर्णाली हिड्ने भन्दा पनि दौडिने गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
.jpg)
कार्यक्रमा योजना आयोगका सदस्य अशोकनाथ योगीले दोस्रो पञ्चवर्षीय योजना बन्दै गर्दा कर्णालीका सम्भावनालाई योजनामा समावेश गर्ने गरी काम भइरहेको बताउनुभयो । संचयकोषको नीति कर्णाली मैत्री बनाउनु पर्ने बताउनुभयाे । सदस्य योगीले अबको एक दशकमा कर्णालीमा लगानी सम्मेलन गर्नुपर्ने बताउनुभयो ।
यस्तै कर्णाली प्रदेश योजना आयोगका सदस्य डम्बरबहादुर रावलले संचय कोष र सञ्चित कोष नै मूलआधार भएको बताउनु भयो । उनले संचयकोषलाई व्यवस्थित,सुनिश्चित र सुरक्षितका साथ लगानी गर्नका लागि योजना आयोगले उपयुक्त नीति बनाउने तर्फ ध्यान दिने पनि बताउनुभयो ।
सदस्य रावलले संचय कोषमा पैसा छ भन्दैमा जथाभावी खर्च नगर्न पनि आग्रह गर्नुभयो । जसले संचय कोषको अर्थ बुझ्दैन उसले जीवनमा दुःखपाउने बताउँदै योजनामा आधारित रहेर प्रदेश योजना आयोगले सहयोग गर्ने जानकारी दिनुभयो ।
.jpg)
यस्तै सुर्खेत जिल्लाका प्रमुख अधिकारी शंकरहरि आचार्यले कर्मचारी संचयकोषले लगानीगर्ने क्षेत्र सुरक्षित र सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव खनालले संचयकोषमा जम्मा भएको रकम नै कर्मचारीको भविष्यका सहारा बन्ने बताउनुभयो। क्याम्पस प्रमुखखनालले सरकारी कर्मचारी मात्र नभई नेपालको आर्थिक पूर्वधारको विकासका लागि पनि कर्मचारी संचयकोषले ठूला सहयोग पुगेको बताउनुभयो ।
यसैगरी कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव गणेशबहादुर डाङ्गीले संचय कोषले बहुउद्देश्यीय क्षेत्रमा लगानी गरेर आफूलाई थप परिस्कृत गर्दै अघि बढेको बताउनुभयो ।

कर्मचारी संचय कोष शाखा कार्यालय सुर्खेतका प्रमुख ध्रुबप्रसाद तिवारीले संचय कोषको हालको गतिविधिका बारेमा जानकारी दिँदै कर्मचारी संचयकोष स्वनियमनमा सञ्चालित सुशासित संस्था भएको जानकारी दिए । उनले अब संचय कोष पनि संघीय संरचना अनुसार अघि बढ्न लागिरहेको बताउनुभयो ।
कर्मचारी संचय कोषका सूचना अधिकारी एवम् उपप्रवन्धक भरत कुमार साउदले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।