होमपेज / अर्थ
काठमाडौँ । तिजकै दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले एक तोला सुनको मूल्य एक लाख ५३ हजार ३०० रूपैयाँ निर्धारण भएको जनाएको छ। यसअघि भदौ १३ गत एक लाख ५३ हजार दुई सय रूपैयाँ काय भएको थियो।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार ३०० रूपैयाँ बढेको हो। बिहीबार स्थानीय बजारमा एक लाख ५२ हजार तोला सुन किनबेच गरिएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आजको लागि एक तोला चाँदीको मूल्य एक हजार ७९५ निर्धारण गरिएको छ। बुधबार यस्तो मूल्य एक हजार सात सय ६५ रूपैयाँ तोकिएको थियो।