होमपेज / अर्थ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।
निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ ।
नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १ सय ६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १ सय ५४ रुपैयाँ पर्ने भएको छ ।
.jpg)