ट्रेण्डिङ

होमपेज / अर्थ

सिद्धार्थ बैंक सुर्खेत शाखाद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

नेपालगाथा २०८१ श्रावण १८ गते शुक्रबार २२:१९:०७ मा प्रकाशित

सुर्खेत । सिद्धार्थ बैंक सुर्खेत शाखाले ६० जना विद्यार्थीहरूलाई स्कुल ब्यागसहित स्टेशनरी सामानहरू वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा रहेको श्री भैरव माध्यामिक विद्यालय, वडा नं. ३ मा रहेको श्री हरिडिल भूमि स्कूल र वडा न‌‍ ९ मा रहेकाे शिव माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल सामग्री वितरण गरेको हो ।

प्रत्येक विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्मका २० जना विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको सिद्धार्थ बैंक सुर्खेत शाखाका म्यानेजर रञ्जन कोइरालाले जानकारी दिनुभयो । 

विद्यार्थीहरुको कमजोर आर्थिक अवस्था र प्रतिभाका आधारमा विद्यार्थीहरु छनौट गरिएको सम्पर्क अधिकृत शोभा तिवारीले नेपालगाथालाई जानकारी दिनुभयो । यसैगरी बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत विभिन्न समयमा विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको सम्पर्क अधिकृत दिनेश थापाले जानकारी दिनुभयो ।

सबै क्षेत्र र वर्गसमक्ष बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशैभर ५ एक्स्टेन्सन् काउन्टर सहित एक सय ९६ वटा शाखा, एक सय १९ शाखा रहित बैंकिङ्ग सेवा र २ सय २० वटा एटिएम मार्फत् ग्राहकलाई उच्चस्तरीय र आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top