होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुनको मूल्य १८ सय रुपैयाँले बढेर तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्बाधिक मूल्य हो ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
बिहीबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कायम भएको थियो ।
त्यस्तै चाँदी मूल्य प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।