ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य १९ सय रुपैयाँ बढ्यो

नेपालगाथा २०८१ असार ७ गते शुक्रबार १५:२८:२५ मा प्रकाशित

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ ।  आज सुनकाे प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै छापावाल सुन प्रतिताेला १ लाख २४ हजार ५५ रुपैयाँमा कायम भएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

 बिहीबार तोलामा १ हजार ८ सय ४० रुपैयाँमा किनबेच भएको चाँदी आज बढेर १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top