होमपेज / अर्थ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका छन् ।
थानीलेले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेका बताए । सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी समेत दिएका छन् ।