होमपेज / अर्थ
काठमाडौं । प्रभु बैंकले आजदेखि सञ्चालन गर्ने गरी कालिकोटको मान्मामा नँया शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज)देखि कालीकोटको मान्मामा ३०५औं शाखा सञ्चालनमा आएको हाे।
सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तारको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको बैंकले जनाएको छ ।
बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको पनि बैंकले जनाएको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालयहरु, २८६ एटीएम काउन्टरका साथै ७० वटा एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।