ट्रेण्डिङ

होमपेज / अर्थ

कर्णालीकाे भौतिक पुर्वाधार मन्त्रालयलाई १० अर्ब ४६ करोड रकम विनियोजन

नेपालगाथा २०८१ असार १ गते शनिबार १६:५०:२९ मा प्रकाशित

सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षका लागि सबै मन्त्रालयलाई रकम विनियाेजन गर्नुभएकाे  छ । कर्णाली प्रदेशका मन्त्रालयहरु मध्य भौतिक तथा सहरी विकास मन्त्रालयलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन भएकाे छ।

मन्त्री केसीले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको बताउनुभयाे । यस्तै सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।

यसैगरी कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको भने भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि  भने १ अर्ब ९४ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिनुभयाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top